११ जेष्ठ २०८१, शुक्रबार

भारतमा पनि यात्रा प्रतिबन्ध, १५ अप्रिलसम्म सबै भिसा निलम्बन

एसीपी संवाददाता

२९ फाल्गुन २०७६, बिहीबार ०६:४६ मा प्रकाशित

२९ फागुन, काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।
ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ । १५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।
कोरोना भाइरसको महामारी : चीनमा कम हुँदै, विश्वभर फैलिँदै
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ । त्यसलगत्तै अमेरिकाले बेलायतबाहेक युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भारतमा कोभिड–१९ को प्रकोप रोक्ने विषयमा विभिन्न स्वास्थ्यमन्त्रीसहितका अन्य मन्त्रीहरुको बीचमा बुधबार साँझ भएको छलफल भएको थियो । सो छलफलपछि भारतले कोरोना भाइरस कोभिड–१९ को महामारीबाट बच्न समग्र विश्वबाट क्वारेन्टाइनमा बस्ने निर्णय गरेको टाइम्स अफ इन्डियाले लेखेको छ । विश्वका १०० भन्दा धेरै मुलुकमा यो भाइरस फैलिएको कारण यो भाइरसबाट बच्न भारतलाई आइसोलेशनमा राख्नु जरुरी देखिएको बताइएको छ ।
यो निर्णयसँगै भारतमा फेब्रुअरी १५ पछि आउने सबै मानिसहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ । भारतमा भाइरसको नयाँ संक्रमितको संख्या बढेसँगै त्यसलाई नियन्त्रणमा राख्न भारतले आफ्ना प्रयास शुरु गरेको हो । यसअघि नै भारतलाई यो भाइरसको जोखिममा रहेको मुलुक बताइएको थियो ।
भारतले अहिले गरिएको निर्णयको उद्देश्य भारतमा आउनसक्ने कुनै पनि भाइरस रोक्नु रहेको बताएको छ । बुधबारसम्मा भारतमा ८३ जना मानिसलाई भारतमा क्वारेन्टाइनमा राखिएको छ ।सभार अनलाइन न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x