२४ फाल्गुन २०८२, आईतवार

चप्पल कारखानामा भीषण आगलागी, करोडबढीको नोक्सानी

एसीपी संवाददाता

२८ फाल्गुन २०७६, बुधबार ०५:४३ मा प्रकाशित

बाँके फागुन २८ गते एजेन्सी । बाँकेको जानकी गाँउपालिका ३ खजुरारोडस्थित चप्पल कारखानामा भीषण आगलागी भएको छ । अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा भएको आगलागीबाट एक करोडबढीको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
मध्य रातको १ बजे लागेको आगो विहान ७ बजेतिरमात्र नियन्त्रणमा आएको बाँकेका एसपी बीरबहादुर ओलीले जानकारी दिनुभयो । नेपालगंजमा रहेको दुईवटा दमकलले आगो निभाउन नसकेपछी छिमेकी जिल्ला बर्दिया र नेपालगन्ज बिमानस्थलमा रहेको थप ३ वटा दमकल झिकाइएको थियो बिद्युतीय शर्ट सर्किट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x