१७ मंसिर २०८०, आईतवार
कपिलवस्तुमा आगलागी हुँदा एक गोठ जलेर नष्ट

कपिलवस्तु
विजयनगर गाउँपालिकाको वडा नं.४ बेतनीमा आगलागी भएको छ ।
विहिवार बेलुकी करिव सवा ८ बजे आगो लागेको हो । आगो किन र कसरी लागेको खुल्न सकेको छैन । भीम बहादुर बुढा मगरको गोठमा आगो लागेको हो । दुई बाख्रा जलेका छन् भने कुनै मानवीय क्षति भएको छैन ।
कपडा लत्ता, खाद्यान्न लगायत अन्दाजी २ लाख बराबरकको क्षति भएको प्रहरीले जानकारी दिएको छ । घरको मान्छे सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय गणेशपुर ले जानकारी दिएको छ ।
स्थानीय, प्रहरी र कृष्णनगरबाट आएको दमकलबाट आगोलाई नियन्त्रणमा लिएका थिए।
Subscribe
Login
0 Comments