१७ कार्तिक २०८१, शनिबार

कोरोना भाइरसको आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने – सरकार

एसीपी संवाददाता

२८ फाल्गुन २०७६, बुधबार ०६:१३ मा प्रकाशित

फागुन २८ । कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए ।
ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले बताए ।
कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिममा सरकारले लिने मन्त्री ढकालले बताए । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था गर्ने उनको भनाइ छ । ‘विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ । १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले भने, ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ (आफै) क्वारेन्टाइनमा मान्छेहरु बस्नुपर्छ ।
डब्ल्युएचओको मापदण्डभित्र बस्नुप-यो । दिनैपिच्छे ज्वरु आको छ छैन भन्ने नाप्न सकिहाल्छ । कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ ।
युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेसण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको । सभार – रातो पाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x