६ कार्तिक २०८१, मंगलवार

कोहलपुरमा टिपरको ठक्करले एक जना महिलाको ज्यान गयो

एसीपी संवाददाता

२८ फाल्गुन २०७६, बुधबार ०७:४३ मा प्रकाशित

फागुन २८ । बाँकेको कोहलपुरमा टिपरले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ ।
ठक्कर पश्चात् घटनास्थल तनाबग्रस्त भएको छ। आज बिहान ११ बजे कोहलपुर वडा नं ८ पिपिरी झण्डहवा चोकमा रा१ख २१८८ नम्बरको टिप्परले साईकल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट कोहलपुर वडा नं ९ निवासी ४५ वर्षिय रामपती थारु गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। गम्भीर घाइते थारुको मेडिकल कलेज कोहलपुरमा उपचार हुँदै गर्दा ज्यान गएको अस्पताल श्रोतले बताएको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x