१७ जेष्ठ २०८१, बिहीबार

तीन नेपाली बालकको भारतबाट उद्धार

एसीपी संवाददाता

३ फाल्गुन २०७६, शनिबार ०३:१८ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, फाल्गुन ३
भारतको गोरखपुरमा दुई वर्ष देखि अलपत्र रहेको तीन नेपाली बालकहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले
भारतीय दुतावास र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । दाङ्गको घोराहि उप–महानगरपालिकाका १० वर्षिय रामु पुन, प्यूठान ऐरावति गाउँपालिकाका १२ वर्षका दिलिप जिसि र १४ वर्षका केशव जिसि लाई भारतबाट उद्धार गरिएको हो ।
दुई वर्ष अघि वेपत्ता भएका बालकहरु कृष्णनगर नाका हुँदै भारत प्रवेश गरेको सुचनाको आधारमा गोरखपुरमा फेला परिएको थियो । दिलिप र केशव साथिहरुको लाहलैमा लागेर भारतको एक होटलमा काम गरेको अवस्थामा फेला पारिएको केन्द्रका क्षेत्रीय संयोजक भूमीराज भट्टराईले बताउनुभयो । तिनै जनालाई कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले परिवारको जिम्मा लगाउनुभएको छ । पछिल्लो समयमा साथिहरुको लहलहै, तीव्र महत्वकाक्षा, र प्रलोभनमा परि बालबालिकाहरु भारत जानेको सख्या बढेकोले बालबालिकालाई विशेष ध्यान दिन प्रजिअ पौडेलले आग्रह गर्नुभयो ।
बालबालिकाहरु हराउने क्रम बढ्दो रहेकोले विदेशमा भएका बालबालिकाहरु नेपाल ल्याउने प्रक्रिया झन्ंझटिलो भएको हुँदा पनि बालबालिकको उद्धारमा समस्या रहेको केन्द्रका क्षेत्रीय संयोजक भट्टराइले बताउनुभयो । उहाँले बाल संरक्षण सम्वन्धी कानुनी र नीतिगत व्यावस्था भएपनि नेपालमा अझै बाल संरक्षणको समस्या रहेको जनाउनुभयो । संस्थाले एक वर्षको अवधिमा १३ जना बालबालिकाहरुलाई भारथवाट उद्धार गरी परिवारको जिम्मा लगाएको संस्थाका जिल्ला संयोजक निशा पन्थिले बताउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x