प्रमुख प्रतिपक्षी दल कांग्रेस,प्रतिपक्षी दल समाजवादी र राजपासँग सहकार्य गरी अघि बढ्ने
https://acpnewsnepal.com/2020/02/25/ncrjpsamajkk/फागुन १३ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिपक्षी दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपासँग सहकार्य गर्ने भएको छ।
मुद्दाका आधारमा सरकारविरूद्ध तीन दल सहकार्य गरी अघि बढ्ने निर्णयमा आफूहरू पुगेको कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिएका छन ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार तीन दलका प्रतिनिधिबीच भएको छलफलपछि सरकारविरूद्ध मोर्चाबन्दी गर्ने निर्णय भएको हो।
‘एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिर आएका छन्। सुशासन र कानुनी शासन पनि खस्केको छ,’ सांसद कार्कीले सेतोपाटीसँग भने, ‘यस्ता विषयमा प्रतिपक्षी दलहरूले सदनमा शसक्त आवाज उठाउने र सरकारलाई खबरदारी गर्ने निर्णय भएको हो।’
प्रतिनिधिसभामा कांग्रेस सचेतक पुष्पा भुसाल गौतम, सांसद कार्की, अतहर कमाल मुसलवान, समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरिया, राजपा संसदीय दलका नेता महन्थ ठाकुर र सांसद लक्ष्मणलाल कर्णबीच छलफलपछि तीन दल मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको हो।
मंगलबार प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले आफ्ना कुरा राख्ने र सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको दाबी गरिएको अडिओ टेपबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्ने तयारी पनि गरेका छन्।
कांग्रेसले गत बिहीबार सञ्चार मन्त्रीले राजीनामा दिनुपर्ने माग राखेर सदन अवरूद्ध गरेको थियो। ‘भोलि सदन अवरूद्ध नगर्ने कुरा भएको छ,’ कार्कीले भने, ‘सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ। राजीनामा मात्रैले पुग्दैन, उहाँमाथि छानविन पनि हुनुपर्छ भन्ने हाम्रो माग छ। यो कुरा नेताहरूले संसदमा फेरि उठाउनुहुन्छ।’सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री मुछिएकोबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने छन ।




Great content! Super high-quality! Keep it up! 🙂