१४ मंसिर २०८०, बिहीबार

प्रेस युनियनमा निर्वाचित पदाधिकारीहरुलाई सभापतिको शुभकामना

एसीपी संवाददाता

३ फाल्गुन २०७६, शनिबार १४:१६ मा प्रकाशित

नन्दलाल साहु
फागुन ३ गते नेपालगन्ज । नेपाल प्रेस युनियन बाकेको नया निर्वाचितहरु अध्यक्ष अर्जुन वली र कार्यसमिति सहितको टोलिलाई नेपाली काङ्ग्रेस पार्टी सभापतिलेे  शुभकामना दिनु  भएको छ । वहाको   निवासमा भेटघाट गर्न पुुगेको समिितका सबै लाइ  शुभकामना दिनुभएको हो । 
अहिले निर्वाचित कार्यसमिति युवाहरू रहेकोले गति पाउने आशा गर्दै एक ढिक्क भएर अगाडि बढ्न र सबै साथी संग सह-कार्य गरि प्रेस युनियनलाई अगाडि बढाउने अध्यक्ष वली संग शुभेच्छा रहेको भनी नेपाली काङ्ग्रेसको पार्टी सभापतिले बताउदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।
यसै क्रममा बोल्दै नव निर्वाचित अध्यक्ष वलीले नेपाल प्रेस युनियन बाँकेको अध्यक्ष पदमा मलाई निर्वाचित गरी महत्वपुर्ण जिम्मेवारी प्रदान गर्नुहुने समस्त अग्रज तथा नेपाल प्रेस युनियन बाँकेका सम्पुर्ण सदस्यहरुप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
मैले प्राप्त गरेको जिम्मेवारीमा दृढताका साथ उभिने प्रण गर्दै प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता तथा लोकतन्त्रको मुलभुत मान्यताबाट कदापी बिचलित नहुने यहाँहरुमाझ प्रतिवद्धता ब्यक्त गर्दछु ।
यसअघि युनियन बाँकेको कार्यसमिति सचिव पदमा रही मलाई मार्ग निर्देशन गर्ने अध्यक्ष जयनारायण,सल्लाहकार , कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण अग्रज, युनियनका सम्पूर्ण सदस्यहरु, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकहरुलाई विशेष आभार प्रकट गर्दछु भने ।
युनियनका सम्पूर्ण सदस्यहरुलाई हृदयदेखि धन्यबाद दिदै आगामी दिनमा पनि यहाँहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको छु । यहाँहरुकै सल्लाह, सुझावको आधारमा सवैलाई समेटेर म अघि बढ्ने प्रतिबद्धछु भनी भनाइ रहेको छ।
निर्वाचनको दौरान स्वस्थ प्रतिस्पर्धा गर्नुहुने सबै मित्रलाई धन्यबाद दिदैं आगामी दिनमा उहाँहरुको बलियो साथ, सहयोग र सहकार्य रहनेछ भन्ने पूर्ण विश्वास लिएकोछु ।
पत्रकारहरुको हकहित, अधिकारको सुनिश्चितताको लागि अझ शसक्त ढंगले अघि बढ्न म अध्यक्ष अर्जुन वली युनियनका सबै सदस्यहरुमा अपील गर्दछु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
AffiliateLabz
3 years ago

Great content! Super high-quality! Keep it up! 🙂

1
0
Would love your thoughts, please comment.x
()
x