२९ जेष्ठ २०८३, शुक्रबार

आफ्नो बोली र लवजमा मातृभाषा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो

एसीपी संवाददाता

२९ जेष्ठ २०८३, शुक्रबार ०५:०२ मा प्रकाशित

उपसभामुख रुवी कुमारी ठाकुरले आफ्नो बोली र लवजमा मातृभाषा मैथिलीको मिठास झल्किनु स्वाभाविक भएको बताएकी छन्।

उपसभामुखमा निर्वाचित भएपछि बिहीबार पहिलो पटक संघीय संसद्‍लाई सम्बोधन गरेकी ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो पहिचान र भाषाप्रति गर्व व्यक्त गरेकी हुन्।

मातृभाषा र आफ्नो भूगोलप्रति अगाध प्रेम दर्साउँदै उपसभामुख ठाकुरले मैथिली आफ्नो मातृभाषा र मधेस आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन्।

‘शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु,’ उनले लेखेकी छन्, ‘मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो।’नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x