१३ असार २०८३, शनिबार

एक करोड खोप अफ्रिकी देशहरुलाई दिने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता,नेपाल सहित छिमेकी मुलुमलाई ५५ लाख डोज दिएको जानकारी

एसीपी संवाददाता

१६ माघ २०७७, शुक्रबार ०८:५२ मा प्रकाशित

दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी

छिमेकी मुलुक भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ । एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु

त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
ओमन, तथा क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको भनाइ छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइँमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गर्नु भएको छ ।

नेपाल-भारतको ‘छिमेकी     पहिलो’नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदार

बाँकेमा दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदै

सिरम इन्स्टिच्युड अफ इन्डिया,विश्वमा सबैभन्दा धेरै खोप बनाउने कम्पनीमध्ये एक

उहाँले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिनुभएको छ । तर पहिलो जिम्मेवारी भने छिमेकीहरुप्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ । युरोपेली मुलुकहरूमा कोरोनाभाइरसविरुद्धको खोप आपूर्तिमा समस्या देखिएको छ अन्र्तराष्ट्रिय समाचारले जनाउँदा भारत अग्रसर हुँदै कोरोना बिरुद्धको खोप उपलब्ध गराउन आगाडी आईरहेको छ ।

बिदेशी खोप उत्पादक एस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोप उत्पादनमा समस्या देखिएकाले युरोपेली संघलाई यसअघि वाचा गरेजति मात्रा दिन नसक्ने जनाएको थियो । फाइजर–बायोएनटेकले आफूहरूले उत्पादन गरेका खोपको आपूर्ति घटाइरहेका बेला एस्ट्राजेनेकाको यो भनाइले युरोपेली ब्लकमा निराशा छाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x