१३ मंसिर २०८३, शनिबार

एमसीसी बारेमा पत्र लेख्ने अनि देशभक्त बन्ने ढोग गर्दै प्रचण्ड – बाबुराम

एसीपी संवाददाता

२४ माघ २०७८, सोमबार ०५:५६ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा प्रचण्डको दुईजिब्रे प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी पारित नभए त्यसको परिणाम गम्भीर हुनसक्ने बाबुरामले चेतावनी पनि दिएका छन् । सर्वसम्मतिमा एमसीसी पारित गराउनुपर्ने पक्षमा धारणा व्यक्त गर्दै आएका उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दोहोरो प्रवृत्ति नदेखाउन आग्रह गरेका छन् । यो प्रवृत्तिले देशले नै गम्भीर परिणाम भोग्नुपर्ने उनको चेतावनी छ ।

एकातिर प्रचण्डले आफै हस्ताक्षर गरेर एमएमसी मुख्यालयसँग पारित गर्न समय माग्ने र अर्कोतिर राष्ट्रवादको नारा लगाएर एमसीसीलाई गिजोलेको भन्दै बाबुरामले प्रचण्डसँग कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

बाबुरामले भनेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात! भित्र खाओवाद, बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुदैन, तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x