२० कार्तिक २०८३, बिहीबार

कर्णाली बैंक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा आवद्ध

एसीपी संवाददाता

१३ माघ २०७७, मंगलवार १४:३५ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीसए र कनेक्ट आरजीटीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ ।

उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरे ।

चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनमा छानबिन गर्न राष्ट्र संघलाई अनुमति दिन माग

एनसीएचएल आईपीएस प्रणाली मार्फत् बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरजीटीएस प्रणाली मार्फत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।

कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएल सँगको सहकार्य पश्च्ाात्, उक्त क्षेत्रमा बैंकको दिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास गरिएको छ । अनलाइनखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x