४ बैशाख २०८३, शुक्रबार

गुल्जार-ए-अदबकाे मासिक गजल गोष्ठी सम्पन्न

एसीपी संवाददाता

२८ चैत्र २०८२, शनिबार १६:५७ मा प्रकाशित

नेपालगञ्ज, २०८२ चैत्र २८ । उर्दु साहित्यिक संस्था गुल्जार—ए—अदब, नेपालको ५ सय ९६औं मासिक गजल गोष्ठी श्रृंखला कार्यक्रम अदबका अध्यक्ष मुस्तफा अहसन कुरैशीको अध्यक्षतामा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सम्पन्न भएको छ ।
‘आईने खुद नही संवरते हैं’ शिर्षकमा भएको सो गोष्ठीमा नेपालगञ्जका ख्याति प्राप्त कवि ‘शायर’हरूले आफ्नो गजल वाचन गरेका थिए ।
शायरहरूमा मुस्तफा अहसन कुरैशी ‘अहसन’, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, नुरुल हसन राई ‘नूर’, मेराज अहमद ‘हिमालय’ तथा मोहम्मद आरिफ अन्सारी लगायतले उक्त शिर्षकमा रहेर आ—आफ्नो गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालगञ्जका वरिष्ठ अधिवक्ता तथा बाँके जिल्ला बार एशोसिएसनका पूर्व अध्यक्ष अब्दुल हसीब सिद्दीकी तथा राशिद कमाल लगायतको विशेष उपस्थिति रहेको थियो ।
प्रत्येक महिनाको अन्तिम शनिवार बिहान ९ बजेर ३० मिनेटमा निरन्तर भैरहेको कार्यक्रमको सञ्चालन गुल्जार—ए—अदबका महासचिव मोहम्मद आरिफ अन्सारीले गर्नुभएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x