गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अलपत्र , भारत तिर बौद्ध सर्किट जोडने कुशिनगर बिमानस्थलको भोलि उदघाटन
२ गते कार्तिक २०७८ मंगलबार । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते शिलान्यास गर्नुभएको राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको भए पनि हालसम्म पूरा हुन सकेको छैन ।तीन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा लगभग रु ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भए पनि निर्माण सुरु भएको ७ वर्षसम्म पनि निर्माण पूरा नभएको हो ।
छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई प्रवेश अधिकारीले जानकारी दिए ।विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख ई. अधिकारीले बताए । “विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, आयोजना प्रमुख ई अधिकारीले भने, “हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकेका छौँ । अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छौं ।”
विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण अबका केही महिनाभित्र सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ ।विदेशी दक्ष जनशक्तिले विमानस्थलमा प्राविधिक उपकरण जडान गरिसकेको छ । धावन मार्ग, टावर, विमानस्थलमा सूचना तथा विद्युतीकरण, रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरण, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिनलगायत उपकरण जडान, सुरक्षा पोस्ट सम्पन्न भइसकेको आयोजना कार्यालयले बताएको छ ।
आयोजना कार्यालयले सेन्ट्रल एसी, उडान जानकारी डिस्प्ले, फर्ड लाइट, मौसम पूर्वानुमान उपकरण, सीसी टिभीलगायत सम्पूर्ण प्रविधि जडान गरिएको आयोजना कार्यालयको दावी छ । तीन किलोमिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा बोइङ ७७७–२००, एयरबस, ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्ने सक्ने छन् । यो विमानस्थल सञ्चालनपछि लुम्बिनीमा वार्षिक करिब ३० लाख भन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसै बिच नेपालमा काम ढिलाई भईरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गदै छ्न ।
भारतमा रहेका अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रीहरुको लागि सहज सरल हवाई यात्राको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन लागेको हो ।
उद्घाटन पश्चात् उडान कोलम्बो, श्रीलंका बाट १२५ गणमान्य व्यक्तिहरु र बौद्ध भिक्षुहरु बोकेर बिमानस्थलमा अवतरण हुनेछ, भगवान बुद्धको महापरिनिर्वाण स्थलको दर्शन गर्नको लागी दुनिया भरका बौद्ध भिछुहरु आउने छ्न ।
उत्तर प्रदेश सरकार संग मिलेर २०० करोड रुपैयाँको अनुमानित लागत मा तयार भएको हो । घरेलु र अन्तर्राष्ट्रिय आगन्तुकहरु र तीर्थयात्राको मागलाई देखेर सचालन गरिएको हो ।: नयाँ टर्मिनल ३०० यात्रुहरुलाई पिक आवरमा ह्यान्डल गर्नको लागी सुसज्जित छ। कुशीनगर अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थल हो । जहाँ भगवान गौतम बुद्धले बुद्धत:को ज्ञान् प्राप्त गर्नुभयो।
यो बौद्ध सर्किटको केन्द्र बिन्दु हो, जुन लुम्बिनी, सारनाथ र गया मा तीर्थ स्थलहरु मिलेर बनेको छ। विमानस्थलले कुशीनगरमा स्वदेश र विदेश बाट बौद्ध धर्मको अनुयायीहरु लाई आकर्षित गर्न मा मद्दत गर्दछ र बौद्ध विषय आधारित सर्किटको विकास लाई बढाउनेछ। लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, र बौद्ध सर्किटलाई जोडने छ ।
बिमानस्थलको उद्घाटनले यस क्षेत्रका विभिन्न बौद्ध स्थलहरुमा सहज कनेक्टिविटी प्रदान गरी विश्वका विभिन्न भागहरुबाट आउने तीर्थयात्रीहरुलाई सुविधा प्रदान हुने र दक्षिण एसियाली देशहरु संग प्रत्यक्ष उड्डयन कनेक्टिविटी श्रीलंका, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाईल्याण्ड, भियतनाम, सिंगापुर आदि बाट आउने पर्यटकहरु को लागी कुशीनगर पुग्न र यस क्षेत्र को समृद्ध सम्पदा को अनुभव गर्न को लागी सजिलो बनाउनेछ। उडानको उद्घाटनसँगै पर्यटन प्रवाह २० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।



[…] […]