२१ भाद्र २०८३, आईतवार

जसपा नेपालमा लुम्बिनीमा ठुलो हलचल चार सासद परे कारवाहीमा

एसीपी संवाददाता

२१ भाद्र २०८३, आईतवार १४:४० मा प्रकाशित

काठमाडौं –  जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। निष्कासित हुने सांसदहरूमा सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे (केसी), भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन्।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। पार्टीका अनुसार ती सांसदहरूले पार्टीको निर्देशन अवज्ञा गर्दै लुम्बिनी प्रदेश सरकारको पक्षमा विश्वासको मत दिएका थिए र सरकारमा समेत सहभागी भएका थिए।
निष्कासित सांसदमध्ये सन्तोषकुमार पाण्डेय रुपन्देही–३(१), भण्डारीलाल अहिर बाँके–२(१), आदेशकुमार अग्रवाल बाँके–२(२) बाट निर्वाचित भएका हुन् भने हेमा बेल्बासे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।
यसअघि जसपा नेपालले ती सांसदहरूसँग स्पष्टीकरण समेत मागेको थियो। पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारलाई समर्थन गरेको विषयमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो।
जसपा नेपालको यो निर्णयसँगै लुम्बिनी प्रदेशको राजनीतिक समीकरणमा थप चासो र बहस उत्पन्न भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x