बास नेपालको २३औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम
नेपालगञ्ज । बास नेपालको २३औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रुद्र प्रसाद तिमिल्सिनाले बास नेपालले सबै परिष्थीतिहरुमा काम गरेर आफुलाई अब्बल साबित गरीसकेको बताए । सार्वजनिक निकायको सेवा प्रवाहलाई चुस्त दुरुस्त र पारदर्शि बनाउदै सुशासनको बाटो पहिल्याउन बास सफल भएको उनको भनाई थियो ।
बासको स्थापना कालको स्मरण गर्दै प्रमुख अतिथि तिमिल्सिनाले २३औं साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले सुशासन र सामाजिक जवाफदेहिताका क्षेत्रमा बास नेपालको योगदान प्रशंसनिय रहेको बताए । उनले बास नेपालसँग कोहलपुर नगरपालिका सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्यलाई तिरन्तरता दिइने प्रतिबद्धता गरे । यसैगरी कार्यक्रममा बोल्दै गैसस महासँघ बाँकेका सल्लाहकार निर्मला सुनारले बास नेपाल देश ब्यापी नविन सोच भएको युवाहरुको क्रियाशिल सञ्जाल रहेको बताइन् ।
बास नेपालका सल्लाहकार किरण आचार्यले युवाहरुको अगुवाईमा क्रियाशिल बृहत संस्थाको रुपमा बासलाई लिएको बताए । यसैगरी कार्यक्रमका अतिथि गैसस महासँघका उपाध्यक्ष तारा खत्रीले बास नेपाल अन्य संस्थाहरुको लागि आइडल संस्था रहेको जनाए । कार्यक्रममा बोल्दै बास नेपालका सल्लाहकार पूर्णलाल चुकेले सुशासनको अभियानमा अनवरत क्रियाशिल बासको सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रमका अतिथि नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरीले बास नेपालले गरेका क्रियाकलापहरु असल भएका कारण संस्था सबैको मन मष्तिस्कमा बस्न सफल भएको बताए । उनले सुशासनको पैरबी, उत्तरदायित्व र जवाफदेहिता प्रबद्र्धन गर्दै समुन्नत समाजको निर्माण गर्न बास थप सफल हुदै समाजको भरोसा बन्दै जाओस भन्ने सुभेक्षा ब्यक्त गरे ।
नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष बिष्णु श्रेष्ठले बास नेपालले समाज रुपान्तरणका लागि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । उनले सुशासनको आवाजको अगुवाइ गर्दै समुन्नत समाज निर्माणमा संस्थाको भूमिका अपरिहार्य रहेको बताए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बार्षिक प्रगति प्रतिबेदन प्रश्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष धिरेन्द्र शाहीले आर्थिक प्रतिबेदन प्रश्तुत गरेका थिए भने संस्थाको आर्थिक बर्ष २०८२÷०८३ को सामाजिक परिक्षण कार्यक्रमको सहजिकरण सामाजिक परिक्षक दुर्लभ बोगटीले गरेका थिए । कार्यक्रमका बिच बास केन्द्रीय कार्यालयको भवन निर्माण सहयोग गर्ने सध्या गुप्ता, सुमित्रा मल्ला, अम्बिका गुरुंग र फन बहादुर गुरुंगलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बास नेपालको २०८३ भाद्रमा बर्दियाको ठाकुरद्धारामा सम्पन्न बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठकमा नविन योजना पेश गरेका बास नेपालका निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी र कार्यक्रम अधिकृत रबिन्द्र बोहरालाई सम्मान पत्र प्रदान गरिएको थियो ।
साधारण सभामा जनजिवन सेवा फाउण्डेसनका अक्षम द्धिवेदी, शिब शुक्ला र भोजराज तिमिल्सिनाले बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मालाई रसुवा बाढी पिडीतहरुका लागि वितरण गर्ने गरी ५० पिस हाइजेनिक किट हस्तान्तरण गरिएको थियो । साधारण सभाको अवसरमा रक्तदान बास नेपालको २३औं साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसायटी प्रादेशिक रक्त सञ्चार केन्द्रको सहकार्यमा भएको रक्तदान कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, जन सम्पर्क अधिकृत माधव कार्की, भिष्म लोध, रचना चौधरी, मेघा राना, तेज बोहरा, रोहन थारु, कर्ण रिमाल लगायतले रक्तदान गरेका थिए ।
बन्दशत्रमा संस्थागत कुरा उद्घाटन शत्र पश्चात बास नेपालको २३औं साधारण सभाको बन्दशत्र सम्पन्न भएको छ । बन्द शत्रमा बार्षिक प्रगति, आर्थिक प्रतिबेदन माथि व्यापक छलफल गर्दै अनुमोदन गरिएको छ । यसैगरी साधारण सभाले यस आर्थिक बर्षको बार्षिक कार्ययोजना समेत स्विकृत गरेको छ । केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न बन्दशत्रको सहजिकरण केन्द्रीय कार्यवाहक महासचिव कमल बहादुर शाहीले गरेका थिए । कार्यक्रममा २८० बढीको सहभागिता रहेको थियो ।



