२१ भाद्र २०८३, आईतवार

सरकारी मोटरसाइकलको दुरुपयोग भएको भन्दै स्थानीयद्वारा तीव्र आक्रोश

एसीपी संवाददाता

२१ भाद्र २०८३, आईतवार १०:५३ मा प्रकाशित

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत पर्ने बिपी चोकमा बिदाको दिन सरकारी सम्पत्ति तथा साधनको दुरुपयोग भएको भन्दै स्थानीयवासीले तीव्र असन्तोष व्यक्त गरेका छन्।

मुस्लिम समुदायको पर्व मोहम्मद डे को अवसरमा सार्वजनिक विदा परेको दिन बिहानै ६:०० बजेको समयमा सरकारी नम्बर प्लेटको मोटरसाइकल (बुलेट) प्रयोग भइरहेको भेटिएको छ। सार्वजनिक बिदाको दिन र कार्यालय समयभन्दा बाहिर यसरी सरकारी सवारी साधनको प्रयोग कसले र कुन अधिकारले अनुमति दियो भन्नेबारे प्रश्न उठाइएको छ।

घटनास्थलमा देखिएको उक्त दृश्यप्रति लक्षित गर्दै नारायण शर्मा नामक स्थानीयले यसरी विदाको दिन सरकारी साधनको व्यक्तिगत वा अनधिकृत रूपमा प्रयोग गरिनु सरासर सरकारी सम्पत्तिको दोहन भएको बताएका छन्। उनले यस विषयमा जिम्मेवार निकायले तत्काल ध्यान दिनुपर्ने र यसको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

स्थानीय सरकार र सम्बन्धित निकायको लापरबाहीका कारण सरकारी स्रोतसाधनको व्यापक दुरुपयोग भइरहेको भन्दै यस किसिमका गतिविधि नियन्त्रण गर्न सर्वसाधारणले जोड दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x