१३ असार २०८३, शनिबार

डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु

एसीपी संवाददाता

१६ माघ २०७७, शुक्रबार ०५:५३ मा प्रकाशित

फाइल तस्बिर

एजेन्सीहरुबाट । गत बर्ष चीनको बुहानबाट शुरु भएको कोभिड १९ कोरोना भाईरसबाट अहिले बिश्वमा लाखौको ज्यान गएको छ । अमेरीकाले पटक पटक यो कोभिड १९ कोरोना भाइरस चीनको बहान स्थित एउटा ल्याबबाट निस्केको बताउदै छानबिन गर्न माँग गर्दा अहिले आएर एक बर्ष पछि बिश्व स्वास्थ्य संगठन डब्लुएचओले अनुसन्धान शुरु गरेको छ ।

चीनबाट शुरु भएको कोरोना महामारी पुनः एउटा सहर फैलिएपछि पूर्ण लकडाउन गर्न बाध्य

चिनले किन रोक्दै ? (डब्लूएचओ)का प्रतिनिधिलाई कोरोना बारे अनुसन्धान गर्न

चीन बेइजिङका हजारौं बासिन्दालाई कोरोनाको खोप

अहिले चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले क्वरेन्टिन अवधि पूरा गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गरेको छ ।
बिगत केहि महिना देखि डब्ल्यूएचओको वैज्ञानिकको टोलीलाई चीन आउन रोक लगाई रहेको थियो ।
डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग जोडिएका अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ । अनुसन्धानका क्रममा यो टोलीले चिनियाँ अधिकारीहरूले दिएको प्रमाणलाई आधार मान्नेछ । जनवरी १४ मा वुहान पुगेको १४ सदस्यीय डब्ल्यूएचओको टोली दुई हप्ता क्वारन्टिन बसेको हो ।

क्वारेन्टिमा रहँदा टोलीले चिनियाँ वैज्ञानिकहरूसँग भर्चुअल रूपमा कुराकानी गरेको थियो । बिहीबार टोली होटलबाट बाहिर निस्किएर बसमार्फत अनुसन्धान गर्ने ठाउँतर्फ लागेको बताइएको छ । ्चीनले भाइरस बारेमा हुन नदिन पटक पटक बहाना बनाउदै डब्ल्यूएचओको वैज्ञानिकको टोलीलाई रोक्दै आएको हो ।

यसअघि डब्ल्यूएचओले आफ्ना अनुसन्धानकर्ताहरूलाई चीन प्रवेशमा रोक लगाइएको जनाएको थियो । पछि चीनले त्यसको खण्डन गर्दै अनुमति प्रदान गर्ने जनाएको थियो । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण भेटिएको थियो ।

0 0 votes
Article Rating
2
0
Would love your thoughts, please comment.x
()
x