१७ जेष्ठ २०८३, आईतवार

नरैनापुरको आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चार उपकरण हस्तान्तरण

एसीपी संवाददाता

२३ बैशाख २०८३, बुधबार ०१:४७ मा प्रकाशित

नरैनापुर, बाँके
आज बाँकेको नरैनापुर गाऊँपालिकाको स्थानीय आपत्कालीन कार्य संचालन केन्द्रलाई रेन परियोजना मार्फत केन्द्रलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ पालिकालाई संचार संग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरिएको छ ।
बाढीको मौसम नजिकिन्दै गएकोले बेलायत सरकारको सहयोगमा रेन परियोजना द्वारा नरैनापुर गाउँपालिकाको स्थानीय आपत्कालीन संचालन केन्द्रको क्षमता अभिबृद्धी र अझ प्रभावकारी रुपमा केन्द्र सञ्चालन होस भन्ने उद्देश्यले सँचारसँग सम्बन्धित उपकरणहरु रेन परियोजना मार्फत आयोजित एक कार्यक्रमका बीच परियोजनाकी समिता पौडेल र मिनु पुन द्वारा संयुक्त रूपमा ती उपकरणहरू पालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई हस्तान्तरण गरिएको हो ।
विपद् व्यवस्थापन र आपत्कालीन समयमा सूचना आदानप्रदानलाई तीव्र र व्यवस्थित बनाउन यी उपकरणहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । उपकरण ग्रहण गर्दै गाउँपालिकाका अध्यक्षले प्राप्त सामग्रीले पालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमतालाई अझ सुदृढ बनाउने बताए । विकट भौगोलिक अवस्था र विपद्को जोखिमका हिसाबले संवेदनशील मानिने नरैनापुरमा अत्याधुनिक सञ्चार उपकरणको उपलब्धताले राहत र उद्धार कार्यमा सहजता ल्याउने अपेक्षा गरिएको छ । परियोजनाले पालिकाको आपत्कालीन केन्द्रलाई स्रोतसाधन सम्पन्न बनाई स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका गतिविधिहरूलाई थप गति दिने लक्ष्य राखेको छ ।
सामग्रीमा डेस्कटप कम्प्यूटर, प्रिन्टर, स्मार्ट टि.भी.५२ इन्चको, एचडीएम आई केबल, प्रोजेक्टर, टेलीफोन सेट, मल्टिप्लग एक्सटेन्सन र इन्टरनेट राउटर हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा पालिका उपप्रमुख जयन्त िदेबी श्रीवास्तव, वातावरण तथा बिपद समिति संयोजक मनोज कुमार शर्मा, ६ नं.वडा अध्यक्ष प्रेम चन्द्र मौर्य, नि.प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार यादव, महिला बिकास अधिकृत कृष्ण कुमारी चन्द, रेन परियोजनको समिता पौडेल, रेन परियोजनाको मिनु पुन, बिपद ब्यवस्थापन शाखा प्रमुख बिनोद चौधरी, स्थानीय आपत्कालीन कार्य संचालन केन्दका सम्पर्क ब्यक्ति बच्छराज बिश्वकर्मा र रेन परियोजनाको विनय राज त्रिपाठीको लगायतको उपस्थिती रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x