१२ आश्विन २०८३, सोमबार

नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग बिकास संघका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन

एसीपी संवाददाता

२४ माघ २०७८, सोमबार १३:५६ मा प्रकाशित

नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग बिकास संघका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको छ । असल शासन मिडियाले कार्यक्रम आयोजना गरि स्वागत तथा बधाई ज्ञापन गरेको हो ।
गत शनिवार असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्की र सञ्चालक समिति सदस्य दिला शाह नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग बिकास संघको अध्यक्ष, उपाध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचित अध्यक्ष कार्की र उपाध्यक्ष शाहलाई बधाई सहित शुभकामना दिईएको हो ।
असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह र बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले संयुक्त रुपमा अध्यक्ष कार्की र उपाध्यक्ष शाहलाई दोसल्ला ओढाई स्वागत गरेका थिए ।
कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिव शिब कुमार बर्मा, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष कार्की र उपाध्यक्ष शाहले स्वागतका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
असल शासन मिडियाका सञ्चालक समिति सदस्य हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बासका निबर्तमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, केन्द्रीय सदस्य खेम बिष्ट, असल शासन मिडियाकी सञ्चालक समिति सदस्य अम्विका काफ्ले, पत्रकार गोपी बुढा लगायतको उपस्थिती रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x