१४ भाद्र २०८३, आईतवार

नेपालगन्जको सन्तोष ज्वैलर्सद्वारा रसुवा र भोटेकोसी बाढीपीडितका लागि १ लाख १ सय सहयोग

एसीपी संवाददाता

१४ भाद्र २०८३, आईतवार ०८:२९ मा प्रकाशित

नेपालगन्ज, — देशको विभिन्न भागमा बाढीपहिरोले पुर्याएको धनजनको क्षतिक पीडितहरूलाई राहत र पुनस्थापनाका लागि सहयोग गर्ने क्रम बढेको छ। यसैक्रममा नेपालगन्जको व्यस्त व्यापारिक क्षेत्र एकलैनी नजिकै सञ्चालनमा रहेको ‘सन्तोष ज्वैलर्स’ का परिवारले रसुवा र भोटेकोसी बाढीपीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ।

सन्तोष ज्वैलर्स परिवारको तर्फबाट बाढीपीडितहरूको उद्धार तथा राहतका लागि रु १ लाख १ सय रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

आपत्‌को समयमा समाजप्रतिको उत्तरदायित्व बहन गर्दै उहाँहरूले गर्नुभएको यो मानवीय र उदार कार्यप्रति सर्वत्र प्रशंसा भएको छ। देश संकटमा परेको बेला व्यापारी वर्गबाट आएको यो सह्रानीय सहयोगले पीडितहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।

संकटको घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै उदार मनका साथ आर्थिक सहयोग गर्नुहुने सन्तोष ज्वैलर्स परिवारलाई हामी हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौं। सरकार तथा सम्बन्धित निकायले पनि यो रकम छिट्टै र पारदर्शी रूपमा वास्तविक बाढीपीडितसम्म पुर्‍याउनुपर्ने स्थानीयहरूको माग रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x