१३ मंसिर २०८३, शनिबार

प्रचण्ड ,नेपाललाई छोडेर बाबुरामले देउवालाई साथ दिने

एसीपी संवाददाता

१९ माघ २०७८, बुधबार ०१:३६ मा प्रकाशित

काठमाडौं । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

एमसीसीबारे प्रचण्ड र माधव नेपाल अलमलमा रहेको तथा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन टुटाएर एमालेसँग मिलेर एमसीसी पारित गर्ने तयारी गरेका बेला बाबुरामले भने एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले गठबन्धन टुटाउन नहुने र टुटेमा आफू प्रधानमन्त्री देउवालाई साथ दिने पनि लाइन क्लियर पारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !’ एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा उनले जोड दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x