१३ मंसिर २०८३, शनिबार

प्रचण्ड र उपेन्द्रको संरक्षणमा मधेसमा पस्यो चिनियाँ कम्पनी , घट्नास्थलमै पुगेर प्रहरीले एक्सन लिएपछि भागाभाग

एसीपी संवाददाता

३ फाल्गुन २०७८, मंगलवार ०९:३१ मा प्रकाशित

  काठमाडौं । सत्ता गठबन्धनका माओवादी केन्द्र र जसपाको संरक्षणमा चिनियाँ कम्पनीले तराई मधेसमा रजाइँ गरेको खुलेको छ ।

लाखौं नागरिक प्राकृतिक विपत्तिको जोखिममा पर्नेगरी चिनियाँ कम्पनीले विकासका नाममा चुरे दोहन गरिरहेको खुलेको हो । मधेसको लाइफलाइन मानिने चुरे मासिनेगरी चिनियाँ कम्पनीले कमला नदीमा ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् गरेको पाइएको छ । अवैध उत्खननमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिकै मिलेमतो भएकोसमेत पाइएको छ ।

प्रचण्डको चीनीयाँ कनेक्सन, नेपालको भविष्य प्रति चिंतित नरहेको आरोप


माओवादीबाट निर्वाचित जनप्रतिनिधिको संरक्षणमा चिनियाँ कम्पनीले स्थानीय प्रशासनलाई समेत अटेर गरी कमला नदीबाट मापदण्ड विपरीत अवैध उत्खनन् गरेपछि जिल्ला प्रहरी कार्यालयले एक्सन लिएको छ । कमला अवैध उत्खनन् गर्ने चिनियाँ कम्पनी हो चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रप ।

मधेसमा पूर्वपश्चिम राजमार्ग विस्तार गरेर चार लेन बनाउने ठेक्का पाएको कम्पनीले अनुमतिबिनै माओवादीका जनप्रतिनिधिको आडमा कमलामा ढुंगा–गिट्टीको अवैध उत्खनन गरेको हो । स्थानीयको चर्को गुनासोपछि जिल्ला प्रहरी कार्यालय धनुषाले नदीजन्य पदार्थको उत्खनन र ढुवानीमा प्रयोग गरिएका गाडी र उपकरणहरू नियन्त्रणमा लिएको छ ।

धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले गणेशमान चारनाथ–५ स्थित कमला खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा सात टिपर र एक्स्काभेटर नियन्त्रणमा लिइएको बताए । चालकहरु भने पहिल्यै भागेका थिए । चिनियाँ कम्पनीले कमलाबाट अवैध उत्खनन गरेर सिरहाको कर्जन्हास्थित यार्डमा ढुंगा–गिट्टी थुपारिरहेको थियो । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुबै माओवादी केन्द्रका हुन् ।

यो २०७० सालमा माओवादी अध्यक्ष प्रचण्डले चुनाव जितेको क्षेत्र हो । केन्द्रमा प्रचण्ड र यहाँ जनप्रतिनिधिको संरक्षणमा चिनियाँ कम्पनीले चुरे नै नास हुने र मधेस संकटमा पर्नेगरी अवैध उत्खनन गरिरहेका छन् । अहिले स्थानीयको चर्को दबाबमा प्रहरीले एक्सन लिएपछि चिनियाँ कम्पनी जोगाउन माओवादी जनप्रतिनिधि लागेका छन् ।

प्रहरी स्रोतकाअनुसार प्रहरीले समातेको गाडी र मेसिनमा कर्जन्हाकी उपमेयर ज्ञानु श्रेष्ठको गाडी पनि परेको छ । उनलाई अघि सारेर चिनियाँ कम्पनीले टिपर र एक्स्काभेटर छाड्न प्रहरीमाथि दबाब बढाएको छ । जिल्ला समन्वय समिति धनुषाले पनि अवैध उत्खनन गर्ने चिनियाँ कम्पनीमाथि कारवाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x