प्रचण्डले भने प्रधानमन्त्री ओलीले जनताका सपनामाथि कुठाराघात गरेका छन्
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले जनताका सपनामाथि कुठाराघात गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाले बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा प्रचण्डले प्रधानमन्त्री ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको समेत आरोप लगाउनुभयो ।
पहिलो ६ महीनामा करीब ४८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रियो
नेपाल-भारतको ‘छिमेकी पहिलो’नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदार
प्रचण्डले केही महिनाभित्र, केही महिनाभित्र ओलीको स्वेच्छाचारिता अन्त्य हुने र नेपाली जनता विजयी हुने बताउनुभयो ।
आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको उहाले बताउनुभयो । पार्टी एकताको तीन वर्ष नपुग्दै ओली एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढेको प्रचण्डको भनाई छ । ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको उहाले बताउनुभयो ।
प्रचण्ड-नेपाल् समुहलाई बेहाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्किन प्रधानमन्त्रीको आग्रह
सभालाई सम्बोधन गर्दै नेकपा सो पक्षका नेता घनश्याम भुषालले नेकपा र सरकारलाई कब्जा गर्ने काम प्रधानमन्त्रीले गरेको बताउनुभयो । उहाले पार्टी समृद्ध र समाजवादको बाटोमा हिड्न नसकेको आरोप लगाउनुभयो ।
त्यस्तै अन्य वक्ताहरुले पार्टी र संसदमा अल्पमतमा परेकाले प्रधानमन्त्रीले संविधान बिपरित संसद बिघटन गरेको आरोप लगाएका थिए ।


