१३ असार २०८३, शनिबार

बर्दियाको बढैयाताल कण्ठपुरमा बोर्डर आउट पोष्ट (विओपी) स्थापना

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार ०८:०५ मा प्रकाशित

बर्दिया । बर्दियाको बढैयाताल कण्ठपुरमा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ । बढैयाताल गाउँपालिका-८ कण्ठपुरस्थित नवनिर्मित बोर्डर आउट पोष्ट (विओपी) को सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले उद्घाटन गर्नुभयो ।

चीनमा कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्दै डब्लुएचओ टोलि बुहानको माछा बजारमा

विओपी उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी, उपमेयर सुष्मा चौधरी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायत बर्दिया जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

त्यस अवसरमा विओपी कण्ठपुरको स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका १६ जना व्यक्तिहरुलाई प्रशंसापत्र र उत्कृष्ट काम गर्ने ४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसापत्र वितरण गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x