१२ जेष्ठ २०८३, मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली)को सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन्। उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा यही फागुन २६ र तराईका जिल्लामा फागुन २७ मा मनाइँदै छ। राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने छ भन्ने विश्वास व्यक्त गरेकी छन्।
Subscribe
Login
0 Comments



