अफगानिस्तानको राजनीतिमा पाकिस्तानको हस्तक्षेप
एजेन्सी =अफगानस्तानमा गत अगष्ट देखि तालिवानले सरकार संचालन गरिरहेको छ । अमेरिकी सेना फिर्ती संगै सत्ताको वागडोर समहालेको तालिवानले देश भित्र व्यापक दण्डहिनता को उत्पात मच्चाई रहेको छ । सरकारमा अहिले तालिवानहरु भएपनि उनीहरुको शासन सत्ता बारे खासै परिवर्तन भएका छैनन् । तालीवानहरु अहिले विशेष गरेर शक्ति सन्चयमा आफुहरुलाई प्रयोग गरिरहेका छन् ।
खास गरी तालीवानहरुले आफुले सोचे भन्दा छिटो घानी सरकार ढालेर शक्तिमा आएकोले उनिहरुमा सत्ताको उन्माद बढेर गएको छ । अफगानिस्तानमा देखिएको अर्को कुरा के हो भने अलिक मध्यमार्गी भनाउंदाहरु र पाकिस्तानका विरोधीहरुलाई त्यहां कडा सजायको व्यवस्था गर्दै आईरहेको छ । त्यसो त नयां तालीवान सरकार निर्माणमा पाकिस्तानी खुबिया एजेन्सी आई.एस.आई को हात केही हद सम्म देखिंदै आईरहेको छ ।
तालीवान सरकार बन्नु भन्दा केही समय अगि पाकिस्तानी गुप्तचर संस्था आई.एस.आई प्रमुख कावुल पुगेका थिए । पाकिस्तानले जहिले पनि अफगानस्तानमा कट्टरपन्थि ईस्लामिक कानुन बनाउन तालीवान का नेताहरुलाई सुझाव र दवाव सिर्जना गर्दै आइरहेका थिए । नौ वर्ष पाकिस्तानी जेलमा रहेका मुल्लाह अब्दुल घानी बरदारलाई विना सर्त रिहा गर्यो उनी तालीवानका दोस्रो बरियता नेता मानिए पनि अहिले उप प्रधानमन्त्रि सरह बरियता मा तल झर्न पुगे यसमा उनको तीव्र असन्तुष्टि रहदै आईरहेको छ ।
धार्मिक नेताका रुपमा चिनिएका पाकिस्तानका असल मित्र मुल्लाह हसन आखुण्ड तालीवानका लागि प्रधानमन्त्री बन्न पुगे यसलाई तालीवान भित्रको अन्तर विद्रोहको रुपमा देख्न सकिन्छ यो अन्तर विद्रोहमा पाकिस्तानको हात पक्कै छ ।
किनभने अहिले छानिएका आखुण्ड प्रशासक होईनन् न त उनी तालीवान कमाण्डर नै हुन् । उनी तालीवान भित्र ईस्लामिक धार्मिक नेता मात्र हुन् । पाकिस्तानी गुप्तचर संस्थाको बलमा उनी अहिले अफगानस्तानका प्रधानमन्त्री छन् ।
अफगानस्तानमा अमेरिकी आक्रमण पछी आखुण्ड ले धेरै समय पाकिस्तानमा नै बिताए । तालीवानको २००१ पछीको मुख्य शक्ति भनेको उसको संगठनको विकेन्द्रीत संरचना हो । युद्धको बेला यसका धेरै फाईदा थिए ।
खास गरी क्षेत्रगत निर्णय लिने बारे यसमा पाकिस्तानले पनि प्रत्यक्ष रुपमा तालीवानलाई साथ र सहयोग गर्यो । लडाकुहरुको भर्ति र जटिल गुरिल्ला आक्रमणको योजना र कार्यान्वयन सवै पाकिस्तानको भुमिमा योजना बन्थ्यो ।


