२२ भाद्र २०८३, सोमबार

अबैध रूपमा नेपाल ल्याएको १९ थान मोबाइल सहित जैसपुरका समीर पक्राउ

एसीपी संवाददाता

२२ भाद्र २०८३, सोमबार १५:४५ मा प्रकाशित

बाँकेमा अबैध मोबाइल ओसारपसार तिब्र बनेको छ जसको मुख्य छेत्र जैसपुर भन्सार पछाडीको गाउँ मुख्य अखाडा रहेको छ ।

आज बिना बिल र आवश्यक कागजातबिनाका विभिन्न कम्पनीका १९ थान मोबाइल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२ क्षेत्रमा बिल नभएका मोबाइल ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुर बस्ने समिर अहमदले बोकेको झोलाबाट बिल नभएको तथा अन्य कुनै कागजात नभएका विभिन्न कम्पनीका १९ थान मोबाइल बरामद गरिएको हो।

बरामद मोबाइलको अन्दाजी मूल्य रु. ३ लाख ५७ हजार रहेको प्रहरीले जनाएको छ। बरामद मोबाइलसहित अहमदलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगञ्ज, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x