३२ असार २०८३, बिहीबार

आईएसआईका लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक सहित २ जना पक्राउ

एसीपी संवाददाता

९ जेष्ठ २०८२, बिहीबार २१:४२ मा प्रकाशित

काठमाडौं– पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ भारतमा पक्राउ परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले आईएसआईको स्लिपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्नेगरी) विरुद्ध चलाएको अप्रेशनका क्रममा पक्राउ परेका दुई जनामध्ये एक जना नेपाली रहेका छन् ।

उनको नाम अन्सरुल मियान अन्सारी रहेको आउटलुक इन्डियाले उल्लेख गरेको छ । सन् २०२५ को सुरुवात्देखि चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ गरेको समाचारमा जनाइएको छ । दिल्ली पुलिसले हालै अदालतमा अभियोग पत्र दायर गरेपछि यो घटना सार्वजनिक भएको हो ।

भारतीय समाचार एजेन्सी एसियन न्यूज इन्टरनेश्नल (एएनआई) ले आईएसआईका तर्फबाट उनी दिल्ली आएको दाबी गरेको छ । ‘उनी पाकिस्तान जान लागेका बेला पक्राउ परेका थिए’, समाचारमा भनिएको छ, ‘दुवै जना अहिले तिहाड जेलमा छन् ।’

एअनआईले उल्लेख गरेअनुसार, अन्सारी कतारमा रहँदा ट्याक्सी चालक थिए । त्यहाँ उनले आईएसआईको ह्याण्डलरलाई भेटेको र पछि पाकिस्तानमा गएर तालिम लिएको समाचारमा दाबी गरिएको छ ।

‘त्यहाँ आईएसआईका उच्च अधिकृतहरुबाट उनले तालिम लिएका थिए, पछि नेपाल हुँदै उनलाई दिल्ली पठाइएको थियो’, एएनआईले भनेको छ, ‘यो दिल्ली पुलिसको गोप्य अपरेशन थियो, जसमा केन्द्रीय एजेन्सीहरु पनि संलग्न थियो ।’

विगतमा आईएसआईका लागि काम गरेको आरोप लागेका कतिपय नेपालीहरु अज्ञात व्यक्तिको गोली प्रहारबाट विभिन्न स्थानमा मारिएका समेत छन् । नेपाललाइभ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x