ईन्टनसिप गर्ने बिद्यार्थिहरु बिच अभिमुखिकरण कार्यक्रम सन्पन्न

पुस,नेपालगंज
गैर सरकारी संस्था महासंघ बांकेले आज ईन्टनसिप गर्ने बिद्यार्थिहरु संग नेपालगंजमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । ईन्टनसिपका लागि साझेदार गरेको ब्राईटल्याण्ड कलेज नेपालगंजका बिद्यार्थिहलाई संस्था संग जोडिएर काम गर्ने समयमा ध्यान दिनुपर्ने बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । महासंघ बांके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा सचिव आशिष बर्माले गैर सरकारी संस्थाको परिचय र ईन्टनसिप गर्दा ध्यान दिनुपर्ने बिषयमा सहजिकरण गर्नुभएको थियो । ईन्टन गर्न ईच्छुक बिद्यार्थिहरुलाई विभिन्न संघ सस्था संगको सहकार्यमा काम गर्ने बातावरण मिलाईएको गैर सरकारी संस्था महासंघ बांकेका अध्यक्ष शाहले बताउनुभयो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ बांकेका सल्लाहकार तेज बिक्रम शाह ,ब्राईटल्याण्ड कलेजका शिक्षक गोकर्ण शाहि लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि र विद्यार्थिहरुको सहभागिता रहेको थियो ।




