उत्तर प्रदेशको बहराईच जिल्लाको एउटा् मदरसामा छापा , ४० बालिका लुकाएको अवस्थामा फेला
बहराइचमा प्रहरीले छापा मारेर एउटा अवैध मदरसा छापा मारेको छ । अचानक निरीक्षणको क्रममा, डेपुटी कलेक्टर अश्वनी पाण्डेले छापा मारेका थिए ।
उनी मदरसाको अवस्था देखेर छक्क परे। मदरसाको शौचालयको ढोका खोल्दा, ४० नाबालिग केटीहरू एक-एक गरी बाहिर निस्केका थिए।
बालिकाहरुलाई किन मदरसा भित्र लुकाएर राखेको भन्नू कुराको अनुसन्धान हुदै छ ।
अनुसन्धान टोलीका अधिकारीहरूले भने कि महिला प्रहरीहरूले शौचालयको ढोका खोल्दा, अचानक केटीहरू बाहिर निस्कन थाले। अचानक भएको कारबाहीले अराजकताको वातावरण सिर्जना गर्यो। केटीहरूले निरीक्षण टोलीको प्रश्नहरूको सही जवाफ दिन सकेनन्।
वास्तवमा बहाराइच जिल्ला को पयागपुरको पहलवाला गाउँको एक मदरसामा निरीक्षण भइरहेको थियो। यस क्रममा जब प्रहरी र प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगे, निरीक्षणको क्रममा उनीहरूले एउटा बन्द शौचालय भेट्टाए जुन खोल्दा सबै छक्क परे। जब महिला प्रहरीले शौचालय खोलिन्, एकपछि अर्को ४० केटीहरू शौचालयबाट बाहिर निस्किए । संबंधित ब्याक्ती त्यहीँ बाट भागेको बताइएको छ ।


