२ मंसिर २०८३, मंगलवार

वडा अध्यक्ष बाजपेयीद्वारा नेपालगन्ज वडा नं. ८ का कर्मचारी र सरसफाइकर्मी सम्मानित

एसीपी संवाददाता

३ मंसिर २०८३, बुधबार ००:०१ मा प्रकाशित

नेपालगन्ज —  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा वडावासीको सेवामा अहोरात्र खटिने सम्पूर्ण कर्मचारी तथा सरसफाइकर्मीहरूलाई विशेष सम्मान गरिएको छ। वडा नं. ८ का वडा अध्यक्ष रजनिश बाजपेयी (विवेक) को नेतृत्वमा आयोजित एक कार्यक्रमबीच उहाँहरूलाई खादा ओढाइ, मिठाइ खुवाउनुका साथै प्रोत्साहनस्वरूप पोशाक (लुगा) वितरण गरी सम्मान गरिएको हो।

वडाको सुशासन, व्यवस्थित सेवा प्रवाह र सरसफाइको क्षेत्रमा उहाँहरूले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै वडा अध्यक्ष बाजपेयीले नागरिकको घरदैलोमा पुगेर निस्वार्थभावले काम गर्ने कर्मचारी र सरसफाइकर्मीहरू वडाको वास्तविक मेरुदण्ड भएकोबारे बताउनुभयो।

सम्मान कार्यक्रममा वडा अध्यक्ष बाजपेयीले भन्नुभयो, “हाम्रो वडालाई सफा, सुन्दर र व्यवस्थित राख्न तथा नागरिकलाई सहज सेवा प्रदान गर्न दिनरात खटिने सरसफाइकर्मी र कर्मचारीहरूको मेहनत अतुलनीय छ। उहाँहरूको सम्मान र आत्मबल वृद्धिका लागि आज खादा, मिठाइ र पोशाक प्रदान गरेर सानो भए पनि सम्मान प्रकट गरेका छौँ।”

यस प्रकारको प्रेरणादायी कार्यले कामप्रति थप ऊर्जा र जिम्मेवारी थपेको भन्दै सम्मानित हुने सरसफाइकर्मी तथा कर्मचारीहरूले वडा नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x