२ मंसिर २०८३, मंगलवार
यूएई भ्रमणका क्रममा नेपाली गृहमन्त्री सुदन गुरुङ मस्जिद अवलोकन गर्दै
काठमाडौं। नेपालका गृहमन्त्री सुदन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणका क्रममा एक मस्जिदको अवलोकन गर्दै गरेको देखिएका छन्।
गृहमन्त्री गुरुङ विश्व प्रहरी सम्मेलन (World Police Summit 2026) मा सहभागी हुन दुबई पुगेका हुन्। नोभेम्बर १६ देखि १८ सम्म आयोजना हुने उक्त सम्मेलनमा सहभागितासँगै उनले यूएईका अधिकारीहरूसँग कूटनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
आधिकारिक कार्यक्रमबाहेक उनको मस्जिद भ्रमणले यूएई बसाइका क्रममा धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकनमा पनि समय दिएको देखाएको छ।
उनको मस्जिद भ्रमणको तस्बिर तथा दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले नेपालीहरूबीच चासो बढाएको छ।
Subscribe
Login
0 Comments


