१३ मंसिर २०८३, शनिबार

एक बर्षमा ४ सय ३७ जनाको पुनः परिवार मिलन

एसीपी संवाददाता

१७ पुष २०७८, शनिबार ००:१८ मा प्रकाशित

बाँकेको नेपालगञ्ज सिमानाकाबाट यस वर्ष २०२१ मा ४ सय बढी जोखिमपूर्ण यात्रामा रहेकाहरुको उद्दार गरिएको छ ।

माइती नेपालको नेपालगञ्ज शाखाले शुक्रबार आयोजना गरेको मावन बेचविखन तथा ओसारपसार विरुद्ध पत्रकारहरु संग अन्तरक्रियामा सन २०२१ को वार्षिक घटना विवरण प्रस्तुत गर्दै सिमानाकाबाट एक वर्ष अवधिमा ४३४ जनाको उद्दार गरिएको जनाएको छ । २०२० मा भने २६७ जनाको उद्दार गरिएको थियो ।

माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइराला अनुसार गएको एक वर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । २०२० मा भने २६९ जनालाई पारिवारिक पुनर्मिलन गराइएको  तथ्यांक छ । तसर्थ यस वर्ष भने प्रतिवेदनमा उद्दारको संख्या १६७ अकंले बढी छ ।

माइती नेपालको तथ्यांक अनुसार २००२ देखि २०२१ सम्म ८०३९ जनाको सिमानाकाबाट उद्दार गरिएको छ । जस मध्ये ८१२६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।

यस्तै, यस वर्ष श्रम र यौन शोषणमा परेका ११ जनाको उद्दार गरिएको छ । सन २०२० मा भने १२ जनाको उद्दार गरिएको थियो । सन २००२ देखि २०२१ सम्म ३५५ जनाको उद्दार गरिएको तथ्यांक छ ।

त्यस्तै, यस वर्ष २७३ जनालाई नाकाबाट परामर्श दिएर घर फिर्ता पठाइएको छ । गत वर्ष भने १९८ जनालाई परामर्श दिएर घर फिर्ता पठाइएको थियो । २००२ देखि २०२१ सम्म ४२२३ जनालाई परामर्श दिएर घर फिर्ता पठाइएको तथ्यांक छ ।

त्यस्तै यस वर्ष ५२५ वटा खोजतलासका निवेदन परेका छन । जस मध्य मात्र २०३ जना फेला परेका छन ।

घरेलु हिसांलाई हेर्दा यस वर्ष १५ वटा घटना आएका छन जस मध्ये ११ वटालाई समाधान गरिएको छ ।

पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बताईएको छ । जस पछि दोस्रो स्थानमा दांग र तेस्रोमा बाँके रहेको छ ।

जोखिमपुणर् यात्रामा रहेका ४३४ जना मध्ये ब्रहमण तथा क्षेत्री १५८, जनजाती १२१, दलित १४५ र आदिवासी १० जना रहेका छन । जसमा पनि १८ वर्ष मुनिका बालिका १७२, १८ वर्ष मुनिका बालक ७ र १८ वर्ष भन्दा माथिका २५५ जना रहेका कोइरालाले बताए ।

बाँकेमा पालिका अनुसार वैजनाथका १९, कोहलपुरका १७, खजुराका ७, राप्तीसोनारीका ५, डुडुवाका ६ जना गरि ५६ वटा रहेको छ ।

बर्दियामा पालिका अनुसार बाँसगढीका ११, बढैयातालका ७, मधुवनका ७, राजापुरका ५, बारबर्दियाका ५, ठाकुरबाबाका ५, गेरुवाका २ र गुलरियाका ४ जना गरि ४६ जना रहेका छन ।

हराइएका बालबालिका एवम महिलाहरुको खोजतलास तथा उद्दारका लागि आएका निवेदन मध्ये ब्रहमण तथा क्षेत्री २२८, जनजाती १०४, दलित १७६ र आदिवासी २० जना रहेका छन । जसमा पनि १८ वर्ष मुनिका बालिका १९४, १८ वर्ष मुनिका बालक ३५ र १८ वर्ष भन्दा माथिका महिला २९४ र १८ भन्दा माथिका पुरुष २ जना रहेका कोइरालाले बताए ।

माइतीनेपाल अनुसार भारत तथा खाडी मुलुकबाट उद्धार गरिएको संख्या ११ जना भारतबाट रहेको थिए जसमा बाँकेबाट ५ जना रहेका छन । उक्त पाँच जना मध्ये पनि कोहलपुर नगरपालिकाबाट १, बैजनाथ गाँउपालिकाबाट ३ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १ जना रहेका छन ।

यता माइती नेपालका कोइरालाले दिएको जनाकारी अनुसार सामाजिक सञ्जालको अधिक प्रयोगका कारण जोखिम उच्च बढेको छ । राज्य संग खोजतलास र उद्दारको प्रभावकारी संयन्त्र तथा योजनाको अभावका कारण नियन्त्रण गर्न समस्या भएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x