२२ फाल्गुन २०८२, शुक्रबार

एन्फा यू–१४ छात्र/छात्रा विद्यालय प्रदेशस्तरीय फुटबल प्रतियोगिता–२०८२ को समापन

एसीपी संवाददाता

२६ माघ २०८२, आईतवार १०:३८ मा प्रकाशित

‎अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा सम्पन्न एन्फा यू–१४ छात्र/छात्रा विद्यालय प्रदेशस्तरीय फुटबल प्रतियोगिता–२०८२ को समापन तथा दोस्रो खेल आज कञ्चनपुर जिल्लाको पुनर्वास–७ स्थित सिद्धार्थ युवा क्लबको खेलमैदानमा सम्पन्न भएको छ।

‎समापन समारोह सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य–सचिव लोक बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

‎आज सम्पन्न खेलमध्ये छात्रातर्फ जीवन ज्योति माध्यमिक विद्यालय, कञ्चनपुर र दुर्गा भवानी माध्यमिक विद्यालय, कैलालीबीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरमा जीवन ज्योति मावि, कञ्चनपुर विजयी भयो।

‎त्यसैगरी छात्रतर्फ सत्यवती एकेडेमी, कैलालीले सरस्वती माध्यमिक विद्यालय, कञ्चनपुरलाई १–० गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो।

‎विजयी टिम तथा खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। साथै प्रतियोगिताका विभिन्न विधाअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।

‎यस प्रतियोगिताका छात्र तथा छात्रा दुवै तर्फका विजेता टोलीहरूले सुदूरपश्चिम च्याम्पियन को रूपमा राष्ट्रिय यू -१४ प्रतियोगितामा सहभागिता जनाउनेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x