१३ मंसिर २०८३, शनिबार

एमसीसी बहस चल्दा बालकोट किन पुगिन चिनियाँ राजदूत यान्छी ?

एसीपी संवाददाता

८ पुष २०७८, बिहीबार ०१:१९ मा प्रकाशित

०८ गते पौष २०७८ — चिनियाँ राजदूत होउ यान्छीले एमालेको अध्यक्ष पदमा फेरि निर्वाचित भएकामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर बधाई दिएकी छन् । ओली पुन: पार्टी अध्यक्ष भएपछि बालकोट पुगेर बधाई दिने यान्छी पहिलो विदेशी राजदूत हुन् ।

 

एमाले विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार ओलीसँग यान्छीले सोमबार भेटवार्ता गरेकी हुन् ।
ओली प्रधानमन्त्रीबाट हटेयता पहिलो पटक होउसँग भेटवार्ता भएको हो । भेटवार्ताका सम्बन्धमा नेपालस्थित चिनियाँ दूतावासले भने कुनै सूचना सार्वजनिक गरेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x