१३ असार २०८३, शनिबार

कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार १७:२१ मा प्रकाशित

कोरोना भाइरसको उत्पत्तिका बिषयमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओको टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजारको भ्रमण गरेको छ ।

समूहका सदस्यहरुले वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेका हुन । बुहान को यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिल गरिएको छ । बजारमा डब्लुएचओका सदस्यलाई मात्र प्रवेश दिइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस अनुसन्धानमा चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ । तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले जनाएको छ ।

वुहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा परेको छ । ग्लोबल टाइम्सका अनुसार आइतबार आइपुगेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालिरहेको बताइएको छ ।

पटक पटकको पहल पक्षि बल्ल तल्ल चीनले कोरोना उत्पत्ति बारेमा बिश्व स्वास्थ्य संगठनलाई कोरोना बारेमा अनुसन्धान गर्न दिएको छ । यस अघि कोरोना महामारीको शुरुवात्मै अमेरीकाले चीन माथी कोरोना भाइरस उसैको ल्याबबाट फैलिएको भन्दै आवाज उठाउदै आएको छ ।

चीनले चाहेको खण्डमा कोरोना महामारी हुनबाट रोक्न सक्थ्यो तर किन रोकेन ?

गत बर्ष चीनको बुहानबाट शुरु भएको कोभिड १९ कोरोना भाईरसबाट अहिले बिश्वमा लाखौको ज्यान गएको छ । अमेरीकाले पटक पटक यो कोभिड १९ कोरोना भाइरस चीनको बहान स्थित एउटा ल्याबबाट निस्केको बताउदै छानबिन गर्न माँग गर्दा अहिले आएर एक बर्ष पछि बिश्व स्वास्थ्य संगठन डब्लुएचओले अनुसन्धान शुरु गरेको छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी… […]

trackback

[…] कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी… […]

3
0
Would love your thoughts, please comment.x
()
x