१७ जेष्ठ २०८१, बिहीबार

कोरोना भाइरसका कारण चीन बाहिर हङकङमा थप एक जनाको मृत्यु

एसीपी संवाददाता

२१ माघ २०७६, मंगलवार ०७:५२ मा प्रकाशित

माघ २१ गते एजेन्सी । हङकङमा कोरोना भाइरसका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो ।
हङकङमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको बारेमा विस्तृत जानकारी आइसकेको छैन।
मंगलबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। जसमध्ये ४२५ को मृत्यु चीनमै भएको छ।
सोमबार मात्रै चीनमा थप ३ हजार २ सय ३५ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार बिहानसम्म २० हजार ४ सय ३८ चिनियाँ नागरिकमा यसको संक्रमण देखिएको छ। विश्वका विभिन्न मुलुकमा कम्तीमा १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ। नेपाल चीन सिमामा नेपाल सरकारले सुरक्षा सत्रक्ता अपनाएको छ भने चीन बाट आएकालाई विशेष ध्यान दिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x