२२ कार्तिक २०८३, शनिबार

तिहार र छठले आपसी सद्भाव, प्रेम र एकता बलियो बनाओस् : व्यवसायी कानोडिया

एसीपी संवाददाता

२२ कार्तिक २०८३, शनिबार २३:२६ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, २१ कात्तिक — बाँकेको नेपालगञ्जस्थित प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान कानोडिया इन्टरप्राइजेजका प्रोप्राइटर सन्तोष कुमार कानोडियाले नेपालीहरूको महान् पर्व शुभ तिहार, दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण देशवासी तथा नगरवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

‘हाम्रो पर्व, हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल भावनाका साथ उहाँले आफ्नो व्यावसायिक प्रतिष्ठानका तर्फबाट शुभकामना सन्देश जारी गर्दै चाडपर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु ल्याओस् भन्ने कामना गर्नुभएको हो।शुभकामना सन्देशमा व्यवसायी कानोडियाले भन्नुभएको छ, “भाइटीकाको पावन अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीचको अगाध प्रेम, आत्मीयता र सम्बन्ध अझ प्रगाढ बनोस्। छठ पर्वको पवित्र उपासनाले हाम्रो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई थप मजबुत बनाओस्।”

उहाँले तिहार तथा छठजस्ता पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।साथै, विविध जातजाति, भाषा, धर्म र संस्कृतिबीचको एकता कायम राख्दै सबैले एकअर्काको पर्व र संस्कृतिको सम्मानका साथ हर्षोल्लासपूर्वक चाडपर्व मनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

नेपालगञ्ज सदरलाइन–११ स्थित कानोडिया इन्टरप्राइजेजका प्रोप्राइटर कानोडियाले तिहार तथा छठ पर्वले सबै नेपालीको घरपरिवारमा खुसी, उमङ्ग र नयाँ आशा सञ्चार गरोस् भन्दै पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x