१३ मंसिर २०८३, शनिबार
कोरोना भाइरसको नियन्त्रणका लागि कडा कदम चाल्न मन्त्रीहरुलाई देउवाको निर्देशन
काठमाडौं। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नियन्त्रणका लागि कडा कदम चाल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
दैनिक तीव्र संक्रमण बढेर कोरोनाको तेस्रो लहर नेपालमा पनि देखिन थालेका बेला प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
सुरुमा पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणको लागि सरकार गम्भीर भइरहेको तर यतिले मात्रै नपुग्ने भन्दै सबै मन्त्रीहरुलाई एक्शनमा उत्रिन निर्देशन दिएका छन् ।
यस्तै उनले घरघरमा गएर खोप लगाउनु पर्ने अवस्था आएमा पनि त्यो पनि गरौं भन्दै निर्देशन दिएका हुन् । बैठकमा स्थानीय तहको निर्वाचनबारे पनि छलफल भएको थियो ।
Subscribe
Login
0 Comments


