कोरोना भाइरस बारेमा नेपाल र भारतिय अधिकारी बिच छलफल
माघ २० गते सोमबार । नेपाल – भारत सिमा छेत्रमा कोरोना भाइरका बारेमा दुबै देश्का अधिकारियोंहरु बिच छलफल भएको छ ।भारतिय जिल्ला अधिकारि शंभू कुमारको अध्यक्षता भएको बैठकमा दुबै देसका कर्मचारिहरु सहभागीता रहेको थियो । सिमामा भएको बैठकमा नेपाल बॉर्डर छेत्र र गाउमा सचेतना अभियान गरिएको हो भन्ने जमुनहा नाकामा समेत कोरिना भाइरस बारेमा चेक जाँच तिब्र बनाएको छन । सिमा छेत्रमा सचेतना अबियान, जागरूकता कार्यक्रम चलाएको र बच्ने उपायका बारेमा चर्चा गरिएको भारतीय पत्रकार रिपोर्ट कुँवर दिवाकर सिंहले जनाका छ्न भने आज बाट सिमा छेत्रमा नेपाली प्रहरी र भारतिय एसएसबीले समेत चेक जाँच कडा पारिएको छ । आइतबार जमुनहा सिमानाकामा
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाँकेको सीमा जमुनाहा नाकामा संक्रमण अवस्थाको चेकजाँच गरिने भएको छ । नेपाल भारत सीमा नाका जमुनाहास्थित हेल्थ डेस्कले सोमबारदेखि नेपाल भित्रिने नागरिकहरुमा संक्रमण अवस्थाको चेकजाँच गर्ने भएको हो ।
कोरोना भाइरसका कारण चीनसहितका केही देशहरुमा संक्रमित व्यक्तिहरुको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । जसका कारण अहिले नेपालले चीनबाट नेपाल आउने व्यक्तिहरुमा निगरानी भएको छ । नेपालमा चीनबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना बढि भएका कारण चीन नाकामा नेपालले निगरानीलाई सक्रिय बनाएको छ ।
यही कडाईलाई नेपालले भारतसंगको सीमा क्षेत्रमा पनि लागु गरेको छ । सोही क्रममा बाँकेको जमुनाहा नाकामा रहेको हेल्थ डेस्कले नेपाल भित्रिने बिरामी तथा शंकास्पद व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था पहिचानका लागि चेकजाँच गर्न शुरु गरिन लागेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत डिल्लीराज पोखरेलले जानकारी दिनुभयो ।



