कोहलपुर महोत्सवमा कमलाको हमला
सोमवार, माघ ६, युट्युवमा गित गाएर भाईरल भएकी बाल गायीका कमला हमालले कोहलपुरवासीलाई
दाहोरीबाटै हमला गरेकी छन । महोत्सवमा सहभागी हुन सोमबार कोहलपुर आएकी
कमलाले कोहलपुरमा समेत आफ्नो प्रभाव छाड्न सफल भएकी हुन । कमलासँगै
मञ्चमा उक्लिएका अन्य गायकहरुलाई कमलाले कडा टक्कर दिएकी थिईन ।उमेरले निकै सानी कमलासँगै दोहोरी गाउन यहाँका स्थानिय कलाकारहरुलाईहम्मेहम्मे परेको थियो ।कमलासँगै यसै क्षेत्रकी चर्चित गायीका टिका पुन र लोकदोहोरी गायककुलेन्द्र बिश्वकर्माले स्टेज शेयर गरेका थिए ।
मंगलबार महोत्सवमा जनगायक जिवन शर्मा आउने

महोत्सवको अन्तिम दिन मंगलबार जनगायक जिबन शर्मा कोहलपुर आउने भएका छन ।
माघ ५ गते समापन हुने भनिएको महोत्सव मौसमको प्रतिकुलताका कारण दुई दिन
थपिएको थियो । महोत्सवको समयावधि थपिएपछि जनगायक शर्मालाई कोहलपुर ल्याउन
लागिएको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर
समितिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक हेम बिक्रम
जिसीले जानकारी दिए ।जनगायक शर्माका अलावा मंगलबार गायक चन्द्र शर्मा, बिन्दु परियार र रेश्मापुन कोहलपुर आउने भएका छन ।पौष २४ गतेदेखी कोहलपुरस्थित खुल्ला मैदानमा तेस्रो प्रादेशिक औद्योगिक,लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव(२०७६
संचालन भईरहेको छ । महोत्सव अवधिभर पानी परेको तथा दर्शक र ब्यापारीहरुको
मागलाई मध्यनजर गर्दै महोत्सव दुई दिन थपिएको आयोजकले जनाएको छ । यद्यपी
महोत्सवको समापन भने माघ ८ गते हुने भएको छ ।



