२९ माघ २०८२, बुधबार

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

एसीपी संवाददाता

२५ असार २०८२, बुधबार १६:११ मा प्रकाशित

कपिलवस्तु, अषाढ २५

मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कपिलवस्तुका खेलाडी रौनक श्री वास्तवलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत तथा सम्मान गरिएको छ।

एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं २ वडाध्यक्ष कृष्ण कुमार गुप्ताले कृष्णनगरको गोलघरमा सम्मान तथा स्वागत गरेको छ।

त्यस्तै नेपाल हज कमिटी सदस्य तथा पूर्व क्रिकेटर मिर्जा राशिद बेग सहितको टोलीले समेत आज एक कार्यक्रम बिच गृह नगरको नाम विश्व सामु चिनाउन सफल रहेका रौनक श्रीवास्तव लाई स्वागत तथा सम्मान गरेका छन्।

एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटसम्यान  रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सो सगै उनको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिएको छ ।

सोही क्रममा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माले समेत क्रिकेटर रौनक श्रीवास्तव लाई उद्योगी व्यवसायी बिच स्वागत तथा सम्मान गरेका छन्।

सम्मान गर्दै आयोजक हरूले रौनक श्रीवास्तवले आफ्नो गृह नगर, गृह जिल्ला र देशको नाम विश्व सामु चिनाउन सफल भएकोमा हामी सबैमा उत्साह छाएको बताउदै श्रीवास्तव लाई आगामी उज्वल भबिस्यको सुभकामना समेत दिएका थिए।

सम्मान कार्यक्रममा युवा नेता कुनाल प्रताप शाह, प्रेम शंकर शुक्ल, वडाध्यक्ष सगीर अहमद खान, राहुल मोदनवाल, रेनु शर्मा,
प्रहरी निरिक्षक ईश्वर लौडारी, सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरी , गौरव मणी त्रिपाठी
लगायत अन्यको उपस्थित रहेको थियो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x