२५ श्रावण २०८३, सोमबार

नेपालगन्ज वडा नं. ८ मा स्वास्थ्य बीमा अभियान तीव्र: ‘कुनै पनि नागरिक उपचारबाट वञ्चित नहुने’ वडा अध्यक्ष रजनीश वाजपेयीको प्रतिबद्धता

एसीपी संवाददाता

२५ श्रावण २०८३, सोमबार १२:१९ मा प्रकाशित

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ। वडाबासीहरूलाई सहज र सुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यका साथ वडा कार्यालयले यस अभियानलाई उच्च प्राथमिकतामा राखेको छ।

उक्त अभियानको नेतृत्व गरिरहनुभएका वडा अध्यक्ष रजनीश वाजपेयीले वडाका कुनै पनि नागरिक आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने, मुख्य ध्येयका साथ स्वास्थ्य बीमा कार्यक्रमलाई घरदैलोसम्म पुर्याइएको बताएका छन्।

“स्वास्थ्य नै धन हो, र नागरिकको जीवन रक्षा गर्नु स्थानीय सरकारको पहिलो कर्तव्य हो। वडा नम्बर ८ का प्रत्येक घरपरिवारलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन हामी दृढ संकल्पित छौँ,” वडा अध्यक्ष वाजपेयीले बताए।

वडा अध्यक्ष वाजपेयीका प्रमुख पहल वडाबासीहरूलाई स्वास्थ्य बीमाको महत्त्व, यसबाट पाइने फाइदा र दाबी प्रक्रिया, बारे बुझाउन विशेष अन्तर्क्रिया तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ।

सहज दर्ता प्रक्रिया: गरिब, असहाय तथा विपन्न परिवारका नागरिकहरूलाई स्वास्थ्य बीमामा आबद्ध गराउन वडा कार्यालयबाट विशेष सहजीकरण र प्रशासनिक सहयोग उपलब्ध गराइएको छ। स्वास्थ्य संस्थासँग समन्वय: नेपालगन्ज क्षेत्रका सूचीकृत स्वास्थ्य संस्थाहरूबाट वडाबासीहरूले बीमा मार्फत सहज, विनाझन्झट गुणस्तरीय औषधोपचार सेवा पाउन सकून् भनी निरन्तर अनुगमन तथा समन्वय गरिने उनले जानकारी दिए।

वडा अध्यक्ष रजनीश वाजपेयीको यस्तो जनमुखी र समययुक्त कदमप्रति वडा नम्बर ८ का स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै यस अभियानले गरिब तथा मध्यमवर्गीय परिवारलाई ठूलो राहत पुग्ने बताएका छन्। स्वास्थ्य बीमाप्रतिको बढ्दो आकर्षणले नेपालगन्ज वडा नं. ८ लाई स्वास्थ्य सचेतनाको क्षेत्रमा एक उदाहरणीय वडा बनाउँदै लगिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x