गाजामा इजरायली हवाई हमला : १ सय ८ जनाको मृत्यु, दर्जनौं घाइते
नुर मोहम्मद अन्सारी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पश्चिम एशिया भ्रमणको समापनसँगै शुक्रबार इजराइलले गाजामा हवाई हमला गरेको छ, जसमा कम्तीमा १ सय ८ जना मानिसको मृत्यु भएको पुष्टि भएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मृतकमध्ये 27 महिला र 31 बालबालिका रहेका छन्। यस भीषण आक्रमणमा सैकडौं सर्वसाधारण घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको छ भने अस्पतालहरूमा उपचारका लागि चाप बढेको छ। सीमित चिकित्सकीय सामग्री र सुविधाले गर्दा उपचारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।
यस आक्रमणको समय अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणसँग मेल खाएकोले यसलाई कूटनीतिक रूपमा पनि विश्लेषण गरिएको छ। इजरायलले भने यो हमला हमासका सैन्य ठेगानामाथि लक्षित रहेको दाबी गरेको छ, तर स्थानीय नागरिकहरू मुख्य पीडित बनेका छन्।
गाजा क्षेत्रमा पछिल्लो समय हिंसात्मक झडपहरू बढ्दै गएका छन्। अन्तर्राष्ट्रिय समुदायले गहिरो चिन्ता व्यक्त गर्दै तत्काल युद्धविराम र शान्तिवार्ताको आह्वान गरेका छन्।



