८ कार्तिक २०८१, बिहीबार

गुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेकोमा पनि विविध कार्यक्रम

एसीपी संवाददाता

१६ पुष २०७६, बुधबार ०८:५५ मा प्रकाशित

सोम गुरुङ्ग, नेपालगन्ज १५ पुस / गुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । सदाको बर्ष झै यो बर्ष पनि गुरुङ जातिको महान पर्व तमु ल्होसार अर्थात गुरुङ जातिको नयाँ बर्ष ल्हो (बर्ग) सार (नयाँ ) पौष १५ गतेका दिन मनाईएको हो  । पौष १४ गते मध्यरातमा फो ल्हो (मृग बर्ग) को बिदाई गर्दै पौष १५ गते नया बर्ग अर्थात मुसा बर्गको स्वागत गर्दै धुमधामका साथ देश तथा बिदेशमा पनि धुमधामको साथ मनाइएको छ ।
ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुुभकामना आदानप्रदान गरेका थिए ।  विषेश कार्यक्रमको स्वागत मन्तब्य तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेकाका उपाध्यक्ष भिम गुरुङ्गले गरेका थिए ।
सो ल्होसारको विषेश कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले गुरुङ्गहरुको आफनो भेषभुषा र भाषालाई संरक्षण गर्नुु पर्नेमा जोड दिनुभयो । साथै उहाँले विभिन्न भाषभाषीको संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।  सो विषेश कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष डम्बर बहादुुर थापा, महन्त चन्द्रनाथ योगी साथै विभिन्न धर्मालम्वीहरुको गुरुहरुले आ–आफना विचार तथा शुुभकामना ब्यक्त गरेका थिए । सो तमु ल्होसारको बिषेश कार्यक्रमको अवशरमा गुरुङ्ग जातिको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएको भन्दै विभिन्न ब्यक्तित्वहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । आदिवाशी जनजाती पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिवमा निर्वाचित भएकोमा पत्रकार गजेन्द्र गुरुङ्गलाई सम्मान गरिएको थियो ।
सो विषेश कार्यक्रम नृत्य गरिएको थियो । तमुु ह्युुल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका अध्यक्ष युुग बहादुुर गुरुङ्गले तमु ल्होसारको अवशरमा कोहलपुुर सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको तमुु ह्युुल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका सचिव शोभा गुरुङ्गले जानकारी दिइन् । सो बिषेश कार्यक्रमको सन्चालन गजेन्द्र गुरुङ्गले गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x