१० कार्तिक २०८१, शनिबार

चिनियाँहरुलाई आफ्नो पुस्तक बाडदै ओलि

एसीपी संवाददाता

१९ मंसिर २०८०, मंगलवार ११:५७ मा प्रकाशित

प्रधानमन्त्रीका हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तीन वर्षे कार्यकालका भाषणलाई पुस्तकको रुप दिइएको छ । उहाँ पछिल्लो पटक प्रधानमन्त्री हुँदाका बखत सन् २०१८ को फरवरीदेखि २०१९ को डिसेम्बरसम्म गरिएका भाषणलाई चिनियाँ भाषामा अनुवाद गरेर ‘मेरो सपना’ पुस्तकको रुपमा प्रकाशित गरी भेट्न आउने सबै चिनिया पाहुनालाई बाँड्न थालिएको छ ।

चिनियाँ भाषामा निकालिएको पुस्तकको प्रस्तावनामा दुई मुलुकबीच हुन लागेको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा उक्त पुस्तक आएको ब्यहोरा उल्लेख छ । भनिएको छ, ‘सन् २०२१ मा चीन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउँदै छन् । ५० वर्षदेखि चीन र नेपाल साझा विकासको खोजीमा सँगै अगाडि बढिरहेका छन्,जनताले सुख र दुःख सेयर गरेका छन् । यो महान क्षणको आगमनलाई मनाउन हार्बिन पब्लिसिङ हाउसले ‘मेरो सपना’ पुस्तकको योजना बनाएर प्रकाशित गरेको हो ।’
ओली सन् १९५२ मा जन्मिएको र १९६९ मा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको उल्लेख गर्दै जुलाई २०१४ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको अध्यक्ष निर्वाचित, अक्टोबर २०१५ मा प्रधानमन्त्री,सन् २०१८ को फरवरीमा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि सन् २०१८ मा नेपाल कम्युनिष्ट पार्टीको सह–अध्यक्ष भएको सम्पादकीयमा लेखिएको छ।
चिनियाँ भाषामा ‘माइ भिजन’ अर्थको उक्त पुस्तक गत मार्चमा निस्किएको हो । चीनको हार्बिन पब्लिसिङ हाउसले निकालेको उक्त पुस्तकलाई उपहारको रुपमा बाँडिएको बताइन्छ । पुस्तकको कभरमा उहाँ किड्नीको बिरामी हुँदा र उपचाररत छँदा अनुहार र शरीर सुन्निएको अवस्थाको फोटो राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x