चिनियाँ जासुसीको षड्यन्त्र बेलायत संसद पनि ; चीनले जासुसी गराएको आरोप
एजेन्सी = बेलायतको गुप्तचर एजेन्सी एमआई फाइबले बेलायती संसदमा चिनियाँ जासुसको उपस्थिति रहेको दाबी गर्दा सबै अचम्मित भएका छ्न । बेलायतको आन्तरिक राजनीतिमा दखल दिने उद्देश्यले संसदसम्मै चिनियाँ घुसपैठ भएको सो संस्थाको दाबी छ । अहिले सम्म चिनियाँ जासुसहरु विभिन्न देशको जासुसी गर्दै आएको हो । चीनले अहिले विभिन्न ह्याकिङ गरि विकसित देशको गुप्त टेल्नोलोजी चोरी गर्दै आएको छ । बेलायतको ससदमै चिनियाँ जासुस हुनु भनेको बेलायतको सुरक्षाको लागि खतरा भएको ठहर गरेको छ ।
एमआई फाइबले क्रिस्टिन चिङ ली नामकी चिनियाँ एजेन्टको बेलायती संसदमा हस्तक्षेप रहेको भनाइ छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य भएको बेलायतको गुप्तचर तथा सुरक्षा एजेन्सी एमआई फाइबले बेलायती संसदमा चिनियाँ एजेन्टको उपस्थिति भएको दाबी गरेको छ ।
बुद्ध धर्मलाई ध्वस्त पार्दै : कसरी सी जिनपिङले तिब्बतमा परम्परागत बौद्ध धर्मलाई नष्ट गर्दैछन्
चिनियाँ कम्युनिष्ट पार्टीसँग सुमधुर सम्बन्ध रहेकी ली ले बेलायती सांसदहरुलाई सहयोग गर्ने गरेको र उनलाई चीन र हङकङबाट सहयोग आउने गरेको दाबी पनि गुप्तचर संस्थाको छ । ली बाट सहयोग लिनेमा लेबर पार्टीका बेरी गार्डिनर पनि रहेको भन्दै एमआइ फाइबले पाँच वर्षमा गार्डनरले लीबाट ४ लाख २० हजार पाउण्ड अनुदान लिएको उल्लेख गरेको छ ।
यस्तै, ली ले लिबरल डेमोक्रेटिक पार्टीका नेता एड डेभीलाई ५ हजार अनुदान दिएको पनि जनाइएको छ ।
गुप्चर रिपोर्ट बाहिरिएपछि बेलायती
गृहमन्त्री प्रीति पटेलले चीनले बेलायती सांसदहरुलाई प्रभावित गर्न यस किसिमको हस्तक्षेप गर्नु गम्भीर चिन्ताको विषय हो भनेकी छन् ।


