१२ मंसिर २०८०, मंगलवार

चुन्ना समूहले परिचय–पत्रमा धाँधली गरेको- साझा प्रजातान्त्रिक व्यवसायी समूह

एसीपी संवाददाता

३ माघ २०७६, शुक्रबार ०८:५१ मा प्रकाशित

हारको डरले परिचय पत्र कब्जा गरेको आरोप

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । निर्वाचन आचारसंहिता विपरित सयौं मतदाताका परिचयपत्र चुन्ना समूहले कब्जा गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले सोमवार आफ्नो सचिवालयमा पत्रकार सम्मेलनगरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वितरित विज्ञिप्तीमा चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले परिचयपत्र गायव बनाएको उल्लेख गरिएको छ । ‘ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह चुनावी अभियानअन्तर्गत प्रचार–प्रसारमा व्यस्त रहेको अवस्थामा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समूहले निर्वाचन आचारसंहिताविपरीत मतदाता परिचय–पत्र कब्जा गरेको छ । यस हर्कतलाई हामीले मतदाताको वैयक्तिक अधिकार हनन् तथा चुनावी वातावरणलाई असहज बनाउने कुत्सित नियतबाट उत्प्रेरित भएको रुपमा लिएका छौं । हामी यस कार्यको घोर निन्दा गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनसम्बन्धी नियमावली, २०७६ को परिच्छेद ६ को दफा १३ विविधको ‘ढ’ मा परिचय–पत्र लिन मतदाता स्वयम् उपस्थित हुनु पर्ने उल्लेख छ । मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरीनामा पेश गरि परिचय–पत्र लिन सकिने स्पष्ट उल्लेख हुँदाहँुदै पनि अध्यक्ष प्रत्याशी चुन्ना समूहका सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले हस्ताक्षर गरेर सयौं परिचय–पत्र एकमुष्ट लिएर गएको कार्यबाट निर्वाचन निष्पक्ष हुने बिषयमासशंकित बनाएको उम्मेदवार छनौट समितिका संयोजक गोपाल अधिकारीले बताउनुभयो । कुनै पनि संघसंस्था वा संगठनको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष गराउन संस्थाको नेतृत्वको पनि नैतिक दायित्वभित्र पर्ने सर्वमान्य कुरा हो । यस सन्दर्भमा नेपालगन्ज उद्योग बाणिज्य संघका कायम नेतृत्व स्वयम प्रत्यक्षरुपमा एक समूहको पक्षपाती भएको प्रत्यक्ष देखिएकै अधिकारीले भन्नुभयो –‘सोही शिलशिलामा नियमावलीमा व्यवस्था भएअनुरुप मात्र परिचय–पत्र वितरण गर्ने जिम्मेवारी आधिकारिकरुपमा निहित रहेको संघको सचिवालयबाट गरिँदा नियमावलीविपरीत हुन गएको कार्यलाई संघको नेतृत्वबाट तत्काल सम्वोधन हुन जरुरी छ ।’ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले संघको यसअघि वितरण गरिएका सम्पूर्ण मतदाता परिचय–पत्र रद्द गरी नयाँ परिचय–पत्र तयार गरी निर्वाचन नियमावलीमा व्यवस्था भएअनुरुप नै वितरण गर्नुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्मा, पूर्व महासचिव विष्णु लामिछानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x