९ भाद्र २०८३, मंगलवार

जसपा नेपालमा फर्किन आग्रह

एसीपी संवाददाता

२४ कार्तिक २०८२, आईतवार ०८:४२ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अरु भरमा पार्टी  परित्याग गरेका नेता एवं कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन् ।

विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दैै उहाँहरुको स्वागतको लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले आग्रह गर्नु भयो ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको छ ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडेपनि उहाँहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु,– अध्यक्ष यादवले भने,– ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकोले जुनै कारणले पार्टी परित्याग गरेपनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x